श्रावण २२,२०७९ / ०९ : ५८ अपरान्ह / 2022-08-07 09:58 pm

        भोजपुरमा वैज्ञानिक वन व्यवस्थापन गरीदै

        - २ वर्ष अगाडि
        मंसिर ९,२०७६

        भोजपुर, भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेको वनलाई व्यवस्थापनसंगै आयमुलक वनाउने उद्धेश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापनको कार्य थालनी गर्न लागेको हो । 

        तराईका जिल्लाहरुमा यस्तो तरिकाले वन व्यवस्थापन भइरहेको भएपनि भोजपुरमा भने पहिलो पटक शुरु गर्न लागिएको हो । वनलाई दिगो व्यवस्थापनसंगै वन उपभोक्तामा आयआर्जन जोड्ने कार्यक्रमको थालनी गरिएको हो । जसका विषयमा जानकारी दिने लक्ष्यको साथ अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ । धेरै सामुदायिक वनहरुमा रहेको काठपात जंगलमा सडेर गएको अवस्थामा  वैज्ञानिक वन व्यवस्थापनले वनको संरक्षणसंगै आयआर्जनमा समेत टेवा पुग्ने देखिएको छ ।

        वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत जंगलमा रहेका बुढा तथा सडेका काठहरुलाई हटाउने तथा त्यस्ता ठाउँमा नयाँ नर्सरी गर्ने लगाएतका कार्य हुने कार्यक्रम मार्फत जानकारी दिईएको छ ।  त्यसले वनलाई भावी पुस्ता सम्म पु¥याउन सहयोग हुने वताईएको छ । तर सरोकारवाला पक्षले भने यो कार्य रामो भएपनि व्यवस्थापनका नाममा काठ तस्करी पनि वढ्ने भन्दै त्यस तर्फ उपभोक्ता सजग तथा अग्रसर हुने पर्ने बताएका छन् ।

         कार्यक्रम शुरु गर्दा यसको महत्व तथा विषेशताको विषयमा स्थानीय स्तर सम्म जानकारी दिन आवश्यक रहेको  देखिएको छ । जिल्लामा ५ सय बढी सामुदायिक वन रहेको भएपनि आयमुलक हुन नसकेको ठहर  छ । यसलाई उचित ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको छ । यसलाई सरोकारकावाला पक्षसंग छलफल गरेर काम गर्न आवश्यक  रहेको बताइएको छ ।

        भोजपुरको अरुण गाउँपालिकाम रहेको बन्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ भने अन्य तीन ओटा वनहरु छनौट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

          सम्बन्धित समाचारहरु