वैशाख १८,२०८३ / ०८ : ०९ अपरान्ह / 2026-05-01 08:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

      - ६ वर्ष अगाडि
      असोज ५,२०७६

      सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ।

      सन् २०१८ मार्चको क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ।

      निलम्बनमा परेका एप्समध्ये झन्डै ४ सय ओटा निर्माता छन्। आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रिज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो।

      फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ। सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो।

      फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन।

      निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निष्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

      फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। रासस/एएनआई

        सम्बन्धित समाचारहरु