कार्तिक ३०,२०७६ / ०३ : ३५ पूर्वान्ह / 2019-11-16 03:35 am

        विज्ञान र प्रविधिको प्रयोग गरी मुलुकलाई समृद्ध बनाउने

        - ३ हप्ता अगाडि
        असोज १,२०७६

        काठमाडौ, प्रधानमन्त्री ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गर्नु भएको छ । 

        प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनु भएको हो । प्रधानमन्त्री ओली क्रियाशील युवा जनसंख्या धेरै भएको उल्लेख गर्दै विकास र समृद्धिमा प्रयोग गर्ने र दुःखबाट मुक्त गराउने बताउनुभएको हो ।

        सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गर्नु भयो ।

         मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पु¥याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो ।  

          सम्बन्धित समाचारहरु