मंसिर ४,२०७६ / ०६ : १८ पूर्वान्ह / 2019-11-20 06:18 am

        फेसबुकका ४१ करोड बढी प्रयोगकर्ताका फोन नम्बर लिक !

        - एक हप्ता अगाडि
        भाद्र २२,२०७६

        करोडौँ फेसबुक प्रयोगकर्ताहरुको फोन नम्बर फेसबुक आइडी सहित डाटा संकलन गरि राखिने एक अनलाइन डाटाबेसमा सार्वजानिक भएको बुधबार फेसबुक कम्पनीले स्वीकार गरेको छ । गोपनीयताको मुद्दामा यो घटना फेसबुकको सबैभन्दा पछिल्लो कण्ड हो । 

        यसरी बिना सुरक्षा ४ करोड १९ लाख फेसबुक प्रयोगकर्ताका फोन नम्बर अनलाइन सर्भरमा स्टोर भएको सबैभन्दा पहिले प्राविधिक वेबसाइट टेकक्रन्चले रिपोर्ट गरेको हो । जसमा अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनमका ५ करोड प्रयोगकर्ताका डाटा रहेको बताइएको छ । 

        यसरी टेकक्रन्चको रिपोर्टपछि भने उक्त डाटाबेस अफलाइन भएको बताइएको छ । फेसबुकले पनि सो खबर पुष्टि गर्दै हाल यसबारेमा अनुसन्धान गरिरहेको जनाएको हो । कम्पनीकी प्रवक्ताले जानकारी लिक हुनेकोे सङ्ख्या ४१ करोड नभएर करिब २१ करोड हुन सक्ने पनि बताएकी छन् । ती जानकारीहरु फेसबुककै टुल मार्फत लिक भएको बताइएको छ जसलाई कम्पनीले क्याम्ब्रिज एनालिटिका विवादको समयमा २०१८ मा हटाएको थियो ।

        यस फिचर अन्र्तगत प्रयोगकर्ताको फोन नम्बरबरबाट जोकोहीले पनि फेसबुक आइडी सर्च गर्न मिल्थ्यो । त्यस्तै अगाडिको नामबाट मात्र पनि प्रयोगकर्ताको खोजी गर्न सकिन्थ्यो जस मार्फत नै ह्याकरहरुले सबै डाटा संकलन गरेको हुन सक्ने प्राविधिक प्रमुख माइक स्क्रोफरले बताए । सबै डाटाहरु पुरानो भएकाले पनि फेसबुकले ती फोन नम्बरहरु अप्रिल २०१८ भन्दा पहिले नै लिक भएको जनाएको छ । अहिले भने सो सेवा बन्द भइसकेको छ । 

        यस्तोमा फोन नम्बर सार्वजानिक भएका प्रयोगकर्तालाई यसबारेमा खबर गर्ने नगर्ने भन्नेमा चाहिँ फेसबुककी प्रवक्ताले कुनै प्रतिक्रिया जनाएकी छैनन् । तरपनि यो व्यक्तिगत पहिचानको विषयमा सबैका लागि संवेदनशील हुने बताइएको छ ।  – द गार्जियनबाट

          सम्बन्धित समाचारहरु