मंसिर १९,२०७६ / ०९ : ४८ अपरान्ह / 2019-12-05 09:48 pm

        मापन गरियो मान्छेको सीमित शारीरिक क्षमता

        - ३ हप्ता अगाडि
        जेष्ठ २६,२०७६

        एजेन्सी ।  हामीलाई शरीर र फिटनेस अनुसार मानिसमा भिन्दाभिन्दै क्षमता हुन्छ जस्तो लागेपनि वास्तवमा सबैको शारीरको ‘इन्ड्योरेन्स’ क्षमता एक समान हुने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । एक नयाँ अनुसन्धानले मानव शरीरको वास्तविक सिमित क्षमताबारे जानकारी हासिल गरेको हो । सो सीमा पार भइसकेपछि हाम्रो शरीरले असामान्य ढङ्गमा काम गर्ने बताइएको छ । 

        यसरी अत्याधिक परिश्रम गर्दा हामीले महसुस गर्ने थकावटको दिर्गकालीन स्तरको सीमा, हाम्रो शरीरको आराम गरिरहेको मेटाबोलिक अर्थात ऊर्जा उत्पादन प्रणालीको दर भन्दा २.५ गुणा अधिक रहेको पाइएको हो । यसरी यो सिमा पार भइसकेपछि हाम्रो शरीरले जीवित रहन आफ्नै सेल, संरक्षित बोसो र टिस्यु खान थाल्छ । यस खोजका लागि अनुसन्धान टोलीले अनेकौँ सहनशील चुनौतिहरु र जैविक घटना जस्तै– ४,९५७ किलोमिटरको दौडदेखि गर्भधारण लागयतबाट प्राप्त डाटाहरुको विश्लेषण गरेको हो । जसपछि सन्तान जन्माउँदा महिलाहरु शारीरिक क्षमताको झन्डै अन्तिम चरण अर्थात २.५ गुणा सम्म पुग्ने गरेको पाइएको हो । यसबाहेक अत्याधिक बल पर्ने ‘एक्सट्रिम खेलाडी’ जस्तै ‘ट्राइएथ्लोन’ (लगातार तीन खेलमा प्रतिस्पर्धा गर्ने ) पनि सो चरणबाट गुज्रिन सक्ने बताइएको छ । 

        अनुसन्धान टोलीमध्येबाट नर्थ क्यारोलिना स्थित ड्युक युनिभर्सिटीका एन्थ्रोपोलोजिस्ट हर्मन पन्टजरले भने, ‘यसले वास्तवमा मान्छेका लागि कति सम्मको शारीरिक क्रियाकलाप सम्भव छ भन्ने जानकारी दिएको छ । त्यसैले एक दिनमा हाम्रो शरीरले प्रभावकारी रुपमा सोस्न सक्ने क्यालोरीको मात्रा पनि सिमित छ भन्ने प्रमाणित भएको छ ।’ यस पछाडिको कारण भनेको मानव शरीरले एकैपटकमा पचाउने, सोस्ने र ऊर्जामा परिणत गर्ने काम गर्न सक्दैन । अर्थात आराम नगरि र कुनै क्यालोरी सेवन नगरि मान्छेले लामो समय बल लगाउन सक्दैन । उनका अनुसार अहिलेसम्म मानव क्षमताको सो सिमा कसैले पार गर्न सकेको छैन । 

        तर धेरै खानुले मात्र पनि हाम्रो प्रदर्शनमा सुधार नल्याउने बताइएको छ किनकी पाचन प्रणालीको काम गर्ने क्षमता पनि सिमित हुन्छ जस्तै वैज्ञानिकहरुका अनुसार हाम्रो शरीरले ४ हजार क्यालोरी भन्दा धेरै पचाउन सक्दैन । यसमा उनीहरुले लगातार २० हप्तासम्म म्याराथोनमा दौडिरहेपछि खेलाडीहरुले एक दिनमा ६०० भन्दा कम क्यालोरी बर्न गरिरहेको पत्ता लगाएका हुन् । तर गुमाइरहेको दर अनुसार शरीरमा क्यालोरीको भरपाइ नभएपछि उनीहरु लगातार घट्दै गएका हुन् । यसरी धेरै दिनसम्म लगातार बलपर्ने शारीरिक क्रियाकलापमा संलग्न भए कुनै समयमा हाम्रो पाचन प्रणालीले खानाबाट सजिलै र तिव्र गतिमा ऊर्जा उत्पादन गर्न सक्दैन । 

          सम्बन्धित समाचारहरु