काठमाडौँ,नेपालमा विश्व कै लामो केबलकार निर्माणको तयारी गरिएको छ ।
धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण गर्ने तयारी भएको हो । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको छ ।
प्रस्तावित केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान केही दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको छ ।
अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने र डीपीआर निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) तयारी रहेको छ ।








