भाद्र १,२०७९ / ०५ : ०१ पूर्वान्ह / 2022-08-17 05:01 am

        परीक्षण प्रसारणमा योहो टेलिभिजन ‘एचडी’

        - ३ वर्ष अगाडि
        जेष्ठ १६,२०७६

        काठमाडौं - चाबहिलस्थित योहो टेलिभिजन ‘एचडी’ले परीक्षण प्रसारण सुरु गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बुधबार साँझ स्याटलाइटमार्फत टेलिभिजनको परीक्षण प्रसारण शुरु भएको टेलिभिजनले जनाएको छ । 

        प्रसारणको आरम्भ गर्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले समृद्धि र शान्तिप्रतिको नेपालीको चाहनालाई आफुहरुले सम्मान गर्ने बताए। टेलिभिजनका महाप्रबन्धक सम थापाले साउनको पहिलो सातादेखि नियमित प्रसारणमा जाने जानकारी दिए। समाचार र मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रसारण गर्ने टेलिभिजनले जनाएको छ। एभरेष्ट ब्रोडकास्टिङ प्रालिमार्फत् एक वर्षदेखि यूट्युब च्यानल योहो टिभी सञ्चालनमा आएकोमा अहिले टेलिभिजन सन्चालनमा आएको हो । 

          सम्बन्धित समाचारहरु