श्रावण २२,२०७९ / ०९ : ५७ अपरान्ह / 2022-08-07 09:57 pm

        सामाजिक संजालले जितायो मोदिलाई

        - ३ वर्ष अगाडि
        जेष्ठ ११,२०७६

        काठमाण्डौ - पछिल्लो समय विश्वभर सामाजिक संजालको प्रयोग अत्याधिक बढेको छ । व्यक्तिगत विचार, व्यवसायदेखि विभिन्न कार्यक्रमको प्रचारसमेत सामाजिक संजालमार्फत हुने गरेको छ । चुनावी प्रचारमामसेत संजालको प्रयोग निकै फलदायी देखिएको छ । भारतमा सम्पन्न लोकसभा चुनावका क्रममा सोसल मिडिया प्लाटफर्म ट्वीटरमा झण्डै ४० करोड ट्वीट भएका छन् ।  

        यसैबिच जनवरी २०१९ देखि २३ मे २०१९ सम्मको अवधिमा लोकसभा चुनावका बारेमा ३९ करोड ६० लाख ट्वीट भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसरी ट्वीट गर्नेमा उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता, राजनीतिक दलको आधिकारिक ह्याण्डल, आम सर्वसाधारण तथा सञ्चार माध्यम रहेका छन् । ट्वीटको यो संख्या सन् २०१४ को लोकसभा चुनावको तुलनामा ६ सय प्रतिशतले बढि हो । मतदानको समयसम्म झण्डै ४० करोड ट्वीट भएकोमा मतगणनाका क्रममा भने ३२ लाख ट्वीट भएका छन् । त्यसमध्ये एक तिहाई ट्वीट दिउसो ३ देखि ४ बजेसम्मको समयमा गरिएका छन् । 

        ट्वीटरका अनुसार २३ मे को लोकसभा चुनावको मतगणनाका क्रममा नरेन्द्र मोदीको जितवाला ट्वीटपछि सम्म ३२ लाख ट्वीट भएका छन् । ट्वीटरका अनुसार यद्यपि यो चुनाव भारतमा सांसद तथा प्रधानमन्त्री छनोट गर्नका लागि थियो । तर यसको प्रभाव विश्वभर महसुस गरियो । दुनियाभरका देशहरुमा यो चुनावमा चर्चा भएको छ । त्यसक्रममा ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सबैभन्दा धेरै चर्चित बनेको छ । नरेन्द्र मोदी, बिजेपी तथा एनडिएको आधिकारिक ट्वीटर ह्याण्डलबाट गरिएका कूल ट्वीटरमध्ये मोदीको नाम उल्लेख भएका ट्वीटको संख्या ५३ प्रतिशत रहेको छ । जबकि कांग्रेस ता युपिएको अफिसियल ट्वीटर ह्याण्डिलबाट गरिएका ट्वीटमा केवल ३७ प्रतिशतमा मात्र मोदीको नाम प्रयोग गरिएको छ । 

        लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ । कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल भएका छन् । उनले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।।

          सम्बन्धित समाचारहरु