जेटलिनरमा हवाई टेलिस्कोप प्रयोग गरेर खगोल बैज्ञानिकहरुले १७००० प्रकाश वर्ष टाढा रहेका ताराहरुको कस्मिक प्रकाश खिच्न सफल भएका छन् ।
एकदमै टाढा रहेका ग्यालेक्सीहरुको कसरी निर्माण भएको छ भन्ने बुझ्न मिल्की वे ग्यालेक्सीका ताराहरुको अध्ययनबाट सहयोग मिल्ने बैज्ञानिकहरुको विश्लेषण छ ।
संवेदनशील डिटेक्टर र शक्तिशाली म्याक्नीफिसेन्ट रहेको सोफीया टेलीस्कोप को सहायताले ठुला ठुला ताराहरुलाई उत्पती हुने वित्तिकै पत्ता लगाउन सहयोग गरेको नासाले जनाएको छ ।