जीवविज्ञान सम्बन्धी अनुसन्धानलाई फाइदा पुग्ने गरी चीनले भर्खरै एउटा जीनलाई धेरै बादरहरुमा क्लोन गरेको छ ।
नेशनल साइन्स रिभिउ नामक जर्नलमा प्रकाशित लेखहरु जनाइए अनुसार क्लोन गरिएका बादरहरु साङ्घाइको चीनको बिज्ञान प्रतिष्ठानमा जन्माइएको हो ।
अनुसन्धान कर्ताले जनाए अनुसार जैविक बिज्ञान सगँ सम्बन्धित अनुसन्धानका लागि जीन सम्पादित बादरको नमुनाहरु एकिकृत जेनेटिक पृष्ठभूमि सहित उपलब्ध हुनेछ । र यो निन्द्रा नलाग्ने, डिप्रेशन, डायविटिज, क्यान्सर लगाएतका रोगहरुसगँ सम्बन्धित भएकाले भविष्यमा यस्ता रोगहरु बारे थप अनुसन्धान गर्न सहयोग हुने जनाइएको छ ।