श्रावण २२,२०७९ / १० : ०५ अपरान्ह / 2022-08-07 10:05 pm

        चन्द्रमाको अहिलेसम्म अध्यन नभएको क्षेत्रको चिनले अध्यन गर्दै

        - ३ वर्ष अगाडि
        पौष १९,२०७५

        काठमाडौ, चीनले चन्द्रमाको अहिलेसम्म अध्ययन नभएको क्षेत्रको अध्ययनका लागि पठाएको अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ ।

        चीनले पठाएको रोबर्टिक अन्तरिक्ष यान चन्द्रमाको दूर क्षेत्रमा अवतरण भएको हो । नेपाली समय अनुसार बिहान ८ बजेर ११ मिनेटमा चाङ्ग–४ नाम गरेको यान अवतरण भएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । यान चन्द्रमाको दक्षिणी ध्रबुमा अवतरण भएको हो ।

        यानमा चन्द्रमाको सो क्षेत्रको भूगर्भबारे अध्ययन गर्ने उपकरणहरु छन् । यस्तै बायोलोजिकल अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणहरु पनि छन् । यान अवतरण हुनु अन्तरिक्ष अध्ययनमा ठूलो कोशेढुंगा बन्ने चीनको सरकारी समाचार संस्थाले बताएको छ ।

          सम्बन्धित समाचारहरु