श्रावण २२,२०७९ / १० : २३ अपरान्ह / 2022-08-07 10:23 pm

        नासाको इन्साइट लेन्डरद्धारा मंगल ग्रहमा हुरीको मापन

        - ३ वर्ष अगाडि
        मंसिर २४,२०७५

        रातो ग्रहको रुपमा चिनीएको मंगल ग्रहको पहिलो पटक मंगल ग्रहको हुरीको ध्वनी रेकर्ड गरिएको छ । नासाले पठाएको इन्साइट लेन्डर गत हप्ता मंगल ग्रहमा अवतरण भएको र त्यसैले उक्त ध्वनीको रेकर्ड पठाएको नासाले जनाएको छ । 

        नासाले जनाए अनुसार उक्त इन्साइट लेन्डरले १० देखि १५ माइल प्रति घण्टाको गतिमा रहेको हुरिको मापन गरेको छ । विना कुनै योजना नै उक्त ध्वनी रेकर्ड गरिएको नासाका प्रमुख अनुसन्धानकर्ता ब्रुस बेनर्टले जनाएका छन् । 

        नासाका अनुसार स्पेसक्राफ्टमा रहेका दुइवटा संवेदनशिल सेन्सरस हरुले उक्त हुरीको रेकर्ड गरेका हुन जुन सेन्सरहरु एक लेन्डर भित्र र अर्को चाही लेन्डरको डेकमा राखिएको छ । 

        यो मिसनको मुख्य उदेश्य मंगल ग्रहको गतिलाई नाप्ने र जसमध्ये ध्वनी पनि पर्ने नासाले जनाएको छ ।  

        इन्साइट मंगल ग्रहमा नोभेम्बर २६ का दिन अवतरण भएको थियो जसले दुइ वर्ष सम्म रातो ग्रहको भित्री भागको अध्ययन गर्नेछ । 

          सम्बन्धित समाचारहरु