श्रावण २४,२०७९ / १२ : ४२ अपरान्ह / 2022-08-09 12:42 pm

        चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच

        - ३ वर्ष अगाडि
        मंसिर १४,२०७५

        आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको छैन । कम ब्याट्रि लाईफको स्माटवार्चलाई मध्यनजर गर्दै म्याट्रिक्सले चार्ज गर्न नपर्ने “म्याट्रिक्स पावरवाच” बजारमा ल्याएको छ ।

        यसलाई चार्ज गरी राख्नु पर्दैन । यो प्रयोगकर्ताको शरिरको तापबाट सञ्चालन हुने गर्दछ । यसमा रहेको थर्माेइलेक्ट्रीक टेक्नोलोजीले प्रयोगकर्ताको शरिरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्दछ । यो वाटर रिसिस्टेन ५० मिटर सम्म रहेको छ ।

        पावरवाच एप डाउनलोड गरी तपाईले क्यालोरी मापन गर्ने, स्टेप काउन्ट र तपाई सुतेको बेलामा पनि तापक्रम मापन गर्ने जस्ता विशेषता रहेका छन । यसको मूल्य २३९ अमेरीकी डलर तोकिएको भएपनि होलीडेसेलमा यसलाई १६९ अमेरीकी डलरमा खरिद गर्न सकिने छ 

          सम्बन्धित समाचारहरु