नासाले ६ महिना अगाडि पठाएको रकेट ३०० मिलियन माइल्सको दुरी पार गर्दै आउदो सोमबार मगंलग्रहमा अवतरण गर्दैछ ।
गत मे ५ मा पठाइएको उक्त स्पेसक्राफ्ट २०१२ पछाडिको पहिलो हो र यसले नोभेम्बर २६ को ३ बजे मगंलग्रहको सतहमा छुने नासाले बताएको छ ।
उक्त स्पेसक्राफ्टले मगंलग्रहको गहिरो तहसम्मको अध्ययन गरि त्याहाँको जमिनको बनावट पत्ता लगाउने बताइएको छ ।
किन भिन्न भिन्न ग्रहहरुको बनोट फरक फरक छ भन्ने कुरा अध्ययन गर्ने र थाहा पाउन जरुरी रहेको यस अध्ययनका मुख्य अनुसन्धानकर्ता ब्रुस ब्यानरटले जनाएका छन् ।