वैशाख ७,२०८३ / ०९ : ३६ पूर्वान्ह / 2026-04-20 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      हिमनदी पग्लदा अरबौ मानिसलाई असर पर्ने बैज्ञानिकको चेतावनी

      - ७ वर्ष अगाडि
      कार्तिक २८,२०७५

      एजेन्सी, तिब्बत क्वीङघाइ प्लेटुका हिमनदीहरु पग्लिरहेका कारण आउदो दशकमा त्याहाँभन्दा तल्लो भागमा रहेका अरबौ मानिसहरु प्रभावित हुन सक्ने कुरा चीनका बैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

      उक्त प्लेटुमा दशौ हजार हिमनदीहरु रहेका छन् र त्यो एशियाका दश ठूला नदीहरुकोे उद्गम स्थल पनि हो जुन नदीहरुले ३ अरब मानिसहरुलाई पानी प्रदान गर्दै आएका छन् । 

      उच्च तापक्रमका कारण हावापानीमा आउने परिवर्तनले गर्दा सन २०६०, २०७० सम्ममा उक्त नदीहरुले कम मात्रै स्वच्छ पानी प्रदान गर्ने चीनको विज्ञान प्रतिष्ठानका निर्देशक याओ टान्डोङ्गले बताएका हुन् । याओको नेतृत्वमा बैज्ञानिकहरुको एउटा समूहले उक्त क्षेत्रमा गत सेप्टेम्बरमा एउटा अनुसन्धान सम्पन्न गरेको थियो । सन १९६० देखि २०१२ सम्मको तापक्रम बृद्धिले गर्दा प्रत्येक दशकमा ०.३ देखि ०.४ डिग्री सम्म तापक्रम बढीरहेको अनुसन्धानमा पाइएको थियो । 

      पेरिस सम्मेलनमा बताए जस्तै २ डिग्रीको तापक्रम बढ्ने हो भने यस क्षेत्रमा ४ डिग्री सम्म तापक्रम बढ्ने उनले बताएका छन् । तापक्रम बढ्दा नदीमा पानीको बहाव कम हुने नभएर पानी बढ्ने र त्यसले हिउका टाकुरा पग्लनुका साथै बाढी तथा अन्य समस्या सृजना गर्ने उनले बताए । 

      सन २०१६ मा दुइवटा हिमनदी ध्वस्त हुदाँ तालमा सुनामी आउनुका साथै तिब्बतको अरु गाउमा ९ जना गोठाला तथा सयौ जनवारहरु मारिएका थिए । त्यसैगरी अक्टोबरमा अर्को नदी ध्वस्त हुदाँ नदी थुनिएर ताल बनेको र नदी माथीको पुल भत्किएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d