श्रावण २२,२०७९ / १० : ४० अपरान्ह / 2022-08-07 10:40 pm

        जलवायु परिवर्तनको अवस्थाबारे यस्तो प्रतिवेदन आयो

        - ३ वर्ष अगाडि
        असोज २२,२०७५

        काठमाण्डौ, नेपालको जलवायु क्षेत्रमा काम गर्ने संस्था नेपाल–कान्साले नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे भए गरेका कामकाजलाई केन्द्रविन्दु बनाएर तयार गरिएको नागरिक स्तरको मुल्यांकन–२०१८ सार्वजनिक गरेको छ । 

        सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे उक्त संस्थाले नवीकरणीय उर्जामा नेपाल धनी नै मानिएपनि यसको उत्पादन तथा प्रयोगमा उचित ढंगले कार्य नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जलस्रोतविद् दिपक ज्ञवालीले जलवायु परिवर्तनको प्रभावको अवस्थामा दिगो विकासको लागि अहिले नीतिगत प्रयास भएपनि कार्यगत प्रगति नभएकोमा चिन्ता व्यक्त गरे । ज्ञवालीले नविकरणीय उर्जामा युरोपका आईसल्याण्ड र नर्वेले उल्लेख्य प्रगति गरेको सुनाउँदै नेपालले पनि त्यस्तै प्रगति गर्नसक्ने सम्भावना औंल्याएका छन् । नेपालले पनि उर्जासम्बन्धी आफ्नो रणनीतिक नीति चाँडै ल्याउनुपर्नेमा उनले जोड दिए ।

        नेपालले सन् १९९२ मा जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय खाका महासन्धिमा हस्ताक्षर गरी सन् १९९४ मा पक्ष राष्ट्र बनेको थियो । उक्त संस्थाले नेपालजस्तै नविकरणीय उर्जामा धनी देशहरुले दरिलो नितिगत अठोटका साथ आफ्नो क्षेत्रलाई उत्खनित उर्जामुक्त गराई नविकरणीय उर्जामा पूर्ण आधारित भएको उल्लेख गर्दै नेपालले त्यस्तो सफल बाटो भने नअपनाएकोमा चिन्ता पनि व्यक्त गरेको छ ।

          सम्बन्धित समाचारहरु