काठमाडौँ,
अमेरिकन खगोलशास्त्रीहरुले प्लुटो भन्दा धेरै टाढा एउटा बस्तु पत्ता लगाएका छन् । सौर्य प्रणालीको घेरालाई पुन परिभाषित गर्दै यो कुरा बाहिर ल्याइएको हो ।
नयाँ पत्ता लगाइएको बस्तु सूर्यबाट ८० एस्ट्रोनामिकल यूनिटस (एयू¬) टाढाबाट दौडिरहेको छ ।
प्लुटो सूर्यबाट ३४ एयू¬ टाढा छ त्यसकारण त्यो बस्तु प्लुटो र सूर्यको दुरी भन्दा अढाइ गुना बढी टाढा रहेको बताइएको छ । त्यो बस्तुले अन्य ग्रहलाई घुमिरहेको हुन सक्ने बताइएको छ ।