औषधी बिज्ञानमा २०१८ को नोबेल पुरुस्कार दुइ जना बैज्ञानिकलाई संयूक्त रुपमा दिइने कुराको नोबेल कमिटिले निर्णय गरेको छ ।
बैज्ञानिकद्धय जेम्स पी. एलिसन र तासुकु होन्जो लाई उनीहरुले पत्ता लगाएको नेगेटिभ इम्यून रेगुलेशनको माध्यामबाट क्यान्सर थेरापीका लागि प्रदान गर्न लागिएको हो ।
यो बर्ष नोबेल पुरुस्कार विजेताहरुले इम्यून सिस्टममा ब्रेक गरेर क्यान्सरको उपचार गर्ने विभीन्न तरिकाहरु प्रस्तुत गरेका छन् । उनीहरको अनुसन्धानलाई क्यान्सर विरुद्धको एउटा कोशेढुंगा साबित भएको नोबेल समितिले बताएको छ । यसले क्यान्सरको उपचारमा नया तरिका ल्याएको कुरा नोबेल कमिटिका सदस्य एडवार्ड स्मीथले बताएका छन् ।








