वैशाख ७,२०८३ / ०८ : ५४ पूर्वान्ह / 2026-04-20 08:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      अब आईफोनमा पनि दुईवटा सिमकार्ड लाग्ने

      - ७ वर्ष अगाडि
      असोज ९,२०७५

      काठमाडौँ, एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । १२ सेप्टेम्बरमा सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो ।  

      एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ । ६.५ इन्चको स्क्रिन भएको यो आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ । आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ । नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ ।

       एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ। आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ । जसमा एक सामान्य सिम हुनेछ भने एक ई(सिम एप्पलको नयाँ प्रयोग हुनेछ। तर, यो इ(सिम ९ देशहरूमा मात्र मान्य हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d