दक्षिण कोरियाले नेपालको डाटा सेन्टरलाई विस्तार र सुदृढ गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दक्षिण कोरियाका समकक्षी यू योङ मीनसगँ भएको भेटमा नेपालको डाटा सेन्टरलाई विस्तार र सुदृढ गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
दक्षिण कोरियामा भएको पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई आईतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे मन्त्री बास्कोटाले सूचना र प्रविधीको बिकाससँगै आम नागरिकको पहुच र आम्दानीको स्रोतका साथै सुरक्षाका बिषयमा पनि छलफल भएको जानकारी दिए । कोरीयामा भएको सम्मेलनका क्रममा विश्वमा प्रयोगमा आएका आधुनिक सूचना प्रविधिको प्रयोगका लागि एशीया प्यासिफिक क्षेत्रका राष्ट्रहरुबीच सहकार्य गर्ने घोषणा पत्र जारी भएको पनि उनले बताए ।
त्यस्तै बिश्वभर देखिएको साईवर सुरक्षाका बिषयमा पनि सम्मेलनमा छलफल भएको उनको जिकिर थियो । मन्त्री बास्कोटा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा भाग लिएर फर्किएका हुन् ।