काठमान्डौ, चीनका बैज्ञानिकहरुले उत्तरी चीनको हेबेइ प्रान्तमा डाइनोसरको फोसीलका टुक्राहरुको थुप्रो पत्ता लगाएका छन् ।
ती टुक्राहरु लिक्विलङ्ग गाउँमा पाइएका ती फोसीलका टुक्राहरु १३ करोड वर्ष पहिलेको रहेको बताइएको छ । फेला परेको डाइनोसरको तिघ्राको टुक्राहरुबाट त्यो डाइनोसर लगभग ७ देखि १० मिटर लामो रहेको अनुमान गरिएको छ ।
बैज्ञानिकहरुले यो उत्खनन् गर्न लगभग दुई वर्ष लागेको थियो ।