भाद्र १,२०७९ / ०४ : २४ पूर्वान्ह / 2022-08-17 04:24 am

        बैज्ञानिकद्धारा पहिलोपटक केमीकल प्रयोग नगरी हिउ हटाउने प्रविधिको विकास

        - ३ वर्ष अगाडि
        भाद्र १७,२०७५

        काठमान्डौ, अमेरिकी बैज्ञानिकहरुले हिउ जम्नबाट रोक्ने सौर्य शक्तिको प्रयोग हुने प्रविधिको विकास गरेका छन् यसमा केमिकलको प्रयोग गरिदैन । 

        यो प्रविधिले सोलर रेडिएशनलाई जम्मा गर्छ, त्यसलाई तापमा परिवर्तन गर्छ, र त्यो तापलाई वरिपरि छर्छ । यो एकपटक प्रयोग गरेपछि यसका लागि फेरी कुनै क्रिया वा शक्तिको श्रोत चाहिदैन । र यसले हिउ पगाल्ने काम कृत्रीम प्रकाशको माध्यामबाट राती पनि गर्न सक्छ । 

        हिउ जम्ने समस्या एयरक्राफ्ट, वाइन्ड ट्रबाइन, पावरलाइन, तेल उत्पादन केन्द्र लगायतका ठाउँहरुका लागि मूख्य समस्याका रुपमा थियो । सामान्यतया यस्तो अवस्थामा हिउ पगाल्न प्रयोग हुने प्रविधिमा इथालिन ग्लाइकोल नामको केमिकल प्रयोग हुन्थ्यो र यो वातावरण प्रतिकुल थियो । यो तातो पनि हुनाले बढी खतरायूक्त पनि थियो । 

        बैज्ञानिकहरुले बताए अनुसार उनीहरुले तीन तहको पद्धतिको विकास गरेका छन् । जसमा पहिलो तहले सोस्ने काम गर्छ, जसले ९५ प्रतिशत सौर्यप्रकाशलाई शोस्दछ । त्यसपछि दोश्रो तहमा ४०० माइक्रोमिटर बाक्लो आल्मुनियम राखिन्छ जसले त्यो तापलाई सजिलै प्रसारण गर्दछ । अन्त्यमा तल्लो तहमा फोम इन्सुलेसन राखिन्छ जसले तापलाई नष्ट हुनबाट बचाउछ । 

        यस प्रकारको प्रविधि व्यापारिक प्रयोगका लागि पनि प्रयोग गर्न सकिने छ । जसबाट घर, विद्यालय, तथा अन्य भवनहरुमा जम्ने हिउलाई सजिलै हटाउन सकिन्छ । 

          सम्बन्धित समाचारहरु