जेष्ठ ११,२०८३ / ०६ : ५४ अपरान्ह / 2026-05-25 06:54 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रत्येक वडामा फ्रि वाइफाइ

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । 

      गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्ष्भित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ । 

      उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ । यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d