श्रावण २२,२०७९ / ०९ : ०८ अपरान्ह / 2022-08-07 09:08 pm

        खतरनाक हृदयघात भविष्यवाणी गर्न सकिने

        - ३ वर्ष अगाडि
        भाद्र १३,२०७५

        काठमान्डौ, अक्सफोर्ड विश्वविद्यालयले प्रकाशित गरेको अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले एउटा नयाँ प्रविधीको विकास गरेका छन् जसले खतरनाक हृदयघात हुनुभन्दा एक वर्ष अगाडि नै अनुमान गर्दछ । 

        जर्मनी र संयूक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरुले प्रदर्शन गरेको प्रविधीर्ले  सीटी अर्थात कम्प्यूटेड टोमोग्राफीबाट लिइएका तस्विरलाई विश्लेषण गरी हृदयघात गराउन सक्ने इन्फ्लेमड प्लेक्सलाइ पत्ता लगाउन सक्छ । 

        उक्त प्रविधिमार्फत देखाइए अनुसार ज्यादै खतरनाक प्लेक्स हरुले केमीकल सन्देशहरु छोड्छ जसले गर्दा खतरनाक हृदयघात हुनु भन्दा केही वर्ष अगाडि नै अनुमान गर्न सकिन्छ । यो एफएआइ (फ्याट एटेनुयसन इन्डेक्स) प्रविधिको अनुमानको अन्य विधीहरु भन्दा उच्च सत्यता हुने बताइएको छ । यो परिणाम दी ल्यान्सेट भन्ने जर्नलमा प्रकाशित गरिएको छ । 

        यस अध्ययनको नेतृत्व गरिरहेका प्राध्यापक चार्लाम्बस एन्टिनियाडसले अगाडि नै खतराका बारेमा जानकारी हुने हुनाले हृदयघातबाट जोगीनको लागि समयमै पहल गर्न सकिने बताएका छन् । 

          सम्बन्धित समाचारहरु