काठमान्डौ, पृथ्वीको तापक्रमबृद्धीलाई १.५ देखि २ डिग्रीसम्म कायम राख्ने कुरा बैज्ञानिकहरुले पहिले अनुमान गरेभन्दा जटिल भएको तथ्य अमेरिकी राष्ट्रिय बिज्ञान प्रतिष्ठानले गरेको छ ।
पेरिस सम्झौता अनुरुप कार्बन उत्सर्जन लाई कम गर्न सके पनि पृथ्वी तातोघर पृथ्वी अर्थात हटहाउस अर्थ मा प्रवेश गर्ने अवस्था निकै नै चुनौतिका रुपमा रहेको कुरा अष्ट्र्रेलियन, स्वीडेन र डेनमार्कका बैज्ञानिकहरुले बताएका छन् ।
तातोघर पृथ्वी हावापानी ले लामो समयमा पुरै भूमण्डलको तामक्रम औधोगिक यूग पहिलेको भन्दा बढी औसतमा ४ देखि ५ डिग्री सेल्सीयस मा राख्ने सामुन्द्रिक सतह अहिलेको भन्दा १० देखि ६० मिटर उचाइमा पुर्याउने छ ।
अहिलेको विश्वको औसत तापक्रम औधोगिक यूग अघिको भन्दा १ डिग्री बढीरहेको र हरेक दशकमा ०.१७ डिग्रीले बढीहरेको छ ।
“मानव प्रेरित २ डिग्री सेल्सीयसको बृद्धीले पृथ्वीको प्रकृयालाई नै असर गर्छ र ग्रीनहाउस ग्यासको उत्सर्जन रोकेपनि थप तापक्रम बढ्ने खतरा छदैछ” यस सम्बन्धी अध्ययनको नेतृत्व गरिरहेका अष्ट्रेलियन नेशनल यूनिभर्सिटीका वील स्टेफेनले बताए ।
देखापर्ने खराब परिस्थितिबाट बच्नका लागि कार्बन र अन्य हरित गृह ग्यास उत्सर्जन कम गरेर मात्र नहुने र यसका अलवा जैविक कार्बन स्टोर हरु बनाउनु पर्ने तथा बाताबरण बाट कार्बनडाइअक्साइड ग्यास हटाउने र त्यसलाई जमिन मुनी थन्क्याउने प्रविधि अपनाउनु पर्ने अध्ययनले देखाएको छ ।