श्रावण २२,२०७९ / १० : ०९ अपरान्ह / 2022-08-07 10:09 pm

        अमेरिकन अनुसन्धानकर्ताहरुद्धारा बायोइन्जिनियरिङ्ग गरिएको फोक्सो सुंगुरमा सहजै प्रत्यारोपण

        - ४ वर्ष अगाडि
        श्रावण २०,२०७५

         काठमान्डौ, अमेरिकन बैज्ञानिकहरुले बायोइन्जिनियरिङ्ग गरेर फोक्सोको निर्माण गर्नुका साथै त्यसलाई चिकित्सा झन्झट वीना नै वयस्क सुंगुरमा प्रत्यारोपण गरेका छन् । 

        टेक्सास विश्वविद्यालयको चिकित्सा शाखाका जोन निकोल्स र जोयक्वीन कोर्टीला ले यो सम्बन्धी विस्तृत विवरण दिदै कसरी वीना जटिलता बायोइन्जिनियरिङ्ग गरिएको मानव फोक्सो सुंगुरमा प्रत्यारोपण गरियो भन्ने कुरा बताए जसलाई पहिलो पटक २०१४ मा निर्माण गरिएको थियो । 

        “हाम्रो अन्तिम लक्ष्य भनेको फोक्सो प्रत्यारोपणका लागि पर्खीरहेका मानिसहरुका लागि नया अवसर सृजना गर्नु थियो” प्राध्यापक निकोल्सले भने । 

        अध्ययनका अनुसार बैज्ञानिकहरुले असम्वन्धित जनवारको फोक्सोको सेल्स र रगतलाई विशेष चीनी र डिटरजेन्ट प्रयोग गरेर हटाइ एउटा स्काफोल्डको निर्माण गरे । त्यो स्काफोल्डलाई एउटा ट्याङ्कमा राखे जहा मिश्रीत पोषक तत्व र जनवारको सेल्सहरु थपियो र त्यसलाई एकदमै होशियारी पूर्वक प्रोटोकल बनाए । यसरी तयार गरिएको फोक्सोलाई ३० दिनसम्म प्रत्यारोपणको लागि बायोरियाक्टरमा राखिएको थियो ।   

        अनुसन्धानकर्ताहरुले यसमा थप फन्ड प्रयोग गर्ने हो भने ५ देखि १० वर्ष भित्रमा मानिसमा प्रत्यारोपण गर्ने गरी फोक्सोको निर्माण गर्न सकिने कुरा बताए ।

          सम्बन्धित समाचारहरु