श्रावण २४,२०७९ / १२ : ३३ अपरान्ह / 2022-08-09 12:33 pm

        अनलाइन मिडियालाई व्यवस्थित गर्न एक साताभित्र प्रक्रिया शुरु गछौं : मन्त्रि बास्कोटा

        - ४ वर्ष अगाडि
        असार २४,२०७५

        काठमाडौं, सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । 

        राष्ट्रियसभाको आईतबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँकोटाले अनलाइन न्यू मिडियाको रुपमा नेपाल मात्र नभई संसारभरी नै प्रभावकारी बन्दै गएको कारण यो एउटा निर्देशिकाको भरमा चलिरहेको भन्दै जसलार्ई नियमन, व्यवस्थित गर्न इजाजत प्रक्रियामा लैजाने गरी काम बताएका हुन् ।

        अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा राष्ट्रिय व्यक्तित्वमाथि समेत अफबाह फैलाउने गतिविधि बढेको भन्दै मन्त्री बाँस्कोटाले गलत काम गर्नेलाई कानूनी दायरामा ल्याउन आवश्यक देखिएको उल्लेख गरे । अनलाइन मिडिया र सामाजिक सञ्जाल पृथक भएको र यसलाई एउटै आँखाले हेर्ननहुने बताए । लोकतन्त्रमा मिडियामाथि नियन्त्रण कुनै पनि हालतमा नहुने र  त्यस्तो कुनै सोच पनि नभउको तर मिडिया आफंैँ नियममा बसुन् भन्ने सरकारको धारणा रहेको उनले बताए ।

        सञ्चार प्रविधिमन्त्री गोकुलले आफ्नै भूउपग्रह सञ्चालन गर्नु राष्ट्रको आवश्यकता र गौरवको विषय भए पनि प्राविधिक र आर्थिक क्षमताले धान्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न रहेको बताए । उनले हुलाक सेवा अब परम्परागत ढंगले चल्न नसक्ने भएकाले यसलाई आधुनिक व्यवस्थापनका लागि गठित कार्यदलले काम अघि बढाएको जानकारी दिए । 

        नेपाल टेलिकमको चौथो पुस्ता (फोरजी) सेवालाई देशव्यापी विस्तार गर्न प्रक्रिया अघि बढाइए पनि केही निकायबाट अवरोध भइरहेकामा गुनासो गर्दै मन्त्रीले कामै रोक्ने गरी अख्तियारलगायतका निकायले छानवीन गर्ननहुने, काम पनि अगाडि बढाउनुपर्ने र दोषी देखिए सम्बन्धित अधिकारीमाथि कारवाही गर्नुपर्ने बताए । 

        मन्त्री गोकुलले अन्तरआबद्धता शुल्क तिर्न अटेर गर्ने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई कानूनी दायरामा ल्याएरै छाड्निे प्रतिबद्धता समेत व्यक्त गरे । सिजी टेलिकम्युनिकेशन र युटिएलले क्रमशः रु १० करोड ८७ लाख २३ करोड अन्तरआबद्धता शुल्क तिर्न बाँकी रहेको उनले बताए । 

        नियामक निकाय नेपाल दूरसञ्चर प्राधिकरणलाई आगामी दुई महिनाभित्र बक्यौता रकम उठाइसक्न पत्राचार गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

          सम्बन्धित समाचारहरु