भाद्र १,२०७९ / ०३ : १६ पूर्वान्ह / 2022-08-17 03:16 am

        नाष्टको पुनः गठन गर्नुपर्ने शिक्षामन्त्रीको भनाई

        - ४ वर्ष अगाडि
        असार १९,२०७५

        काठमाण्डौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिवर्तित समय अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को पुनर्गठन गर्नुपर्ने बताएका छन् । 

        नास्टले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले अनुसन्धान र खोजीको पद्धतीका लागी नाष्टको पुनर्गठन गर्नुपर्ने बताएका हुन् । उनले पुरानो ढंगको नाष्टबाट समस्याको समाधान हुन नसक्ने भन्दै यसको रुपान्तरण गर्नुपर्ने धारणा राखे । बैज्ञानिक, प्राज्ञिक र प्रशासनिक ढंगले पनि नेतृत्व गर्न सक्नेगरि नाष्टको पुनसंरचना गर्नुपर्ने उनको भनाई छ । जीवनको हरेक क्षेत्रमा अनुसन्धान खोजलाई तिव्रता दिनुपर्ने पोखरेलको सुझाव छ । मन्त्री पोखरेलले अनुसन्धानका लागि उत्प्रेरित गर्न सरकार सहयोगी भूमिकामा अघि बढ्ने जिकिर पनि गरे । 

        कार्यक्रममा विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदानवापत प्राडा दिल्लीदेवी शाक्य, खाद्य प्रविधि विषयमा उल्लेखनीय योगदानवापत टीकाबहादुर कार्की लगाएत अनुसन्धानकर्ता र बैज्ञानिकहरुलाई सम्मान गरिएको थियो ।


          सम्बन्धित समाचारहरु