जेष्ठ १२,२०८२ / १२ : ५७ पूर्वान्ह / 2025-05-25 12:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      रुसमा फेसबुक, ट्वीटर र युट्युब प्रतिबन्ध

      - ३ वर्ष अगाडि
      फागुन २१,२०७८

      रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

      रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

      रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

      मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।

      यसैगरी फेसबुकको मूल कम्पनी मेटाले पनि रुसमा फेसबुक प्रतिबन्धित भएको जनाएको थियो । यद्यपि उसका इन्स्टाग्राम र ह्वाट्स एपले भने रुसमा अझै काम गरिरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d