फागुन १,२०८१ / ०७ : ५८ पूर्वान्ह / 2025-02-13 07:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      तपाईंको फेसबुक अरूले चलाइरहेको छ/छैन भन्ने यसरी थाहा पाउनुस्

      - २ वर्ष अगाडि
      फागुन ४,२०७८
      १. फेसबुक लग इन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।

      २. सेटिङ अप्सनमा क्लिक गर्नुहोस् । 

      ३. त्यहाँ रहेको सेक्युरिटी अप्सनमा क्लिक गरी जेनेरल अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस् । 

      ४. त्यहाँ तपाईंले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लग इन भएको थियो भनेर थाहा पाउनुहुन्छ । तपाईले फेसबुक खोलेदेखिकै सबै डिभाइसको पूर्ण सूचीको जानकारी त्यहाँ हुन्छ । 

      ५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यै पनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लग इन भएको डिभाइसको सूचीमा देखियो भने जान्नुहोस् कि तपाई्को फेसबुक अकाउन्ट अरू कसैले खोलेको छ ।

      ६. त्यस्तो शंकास्पद डिभाइसको नामको छेऊमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको नट यु नामक अप्सन छान्नुहोस् । साथै सूचीको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सनमा क्लिक गरेर पहिला लगआउट गर्नुस् । 

      ६. त्यसपछि फेसबुकले तपाईंको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । अथवा सेक्युरिटी पार्वर्ड परिवर्तन गर्नसक्नुहुन्छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d