असोज २८,२०८१ / ०८ : ०३ पूर्वान्ह / 2024-10-14 08:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को विजेतालाई १७ करोड पुरस्कार

      - २ वर्ष अगाडि
      माघ ८,२०७८

      काठमाडौँ । भिडियोसहित पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप पीएमजीसी २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । जनवरी २१ अर्थात शुक्रबार साँझबाट पीएमजीसीको ग्राण्ड फिनाले शुरू भएको हो । 

      ग्राण्ड फिनाले आईतबारसम्म चल्ने छ । ग्राण्ड फिनालेका लागि विश्वभरबाट १६ वटा टिम सहभागी भएका छन् । ग्राण्ड फिनालेका लागि आठ टिम दुबई र सिंगापुर गएका छन् भने बाँकीले बुटक्याम्पबाटै खेलिरहेका छन् । 

      यसअघि विभिन्न चरणमा भएको खेलमा पूर्वबाट ९ वटा फाइनलमा प्रवेश गरेका थिए । भने पश्चिमबाट ६ वटा टिम फाइलनमा गएका थिए । त्यस्तै इन्डियाको एउटा टिमलाई ग्राण्ड फिनालेका लागि सिधैं बोलाइएको थियो ।

      पीएमजीसीको ग्राण्ड फिनालेमा दक्षिण कोरिया, चीन, भियतनाम, मंगोलिया, चिली, ब्राजिल, टर्की, थाइल्याण्ड, मिडिल इस्ट, सीआईएम र भातरबाट गरी १६ टिम सहभागी भएका छन् ।

      यसमा जम्मा १८ म्याच हुनेछन्, जसमा प्रत्येक दिन ६ ६ म्याच खेलिनेछ । म्याच ३ वटा म्याप इ¥याङ्गल, स्यानहुक र मिरामारमा हुनेछ । 

      पीएमजीसीको जम्मा पुरस्कार राशी ७१ करोड ४३ लाख ७३ हजार रहेको छ । उक्त रकमबाट यसअघि भएका छनोट खेलका विजेतालाई र सहभागीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

      पीएमजीसीको ग्राण्ड फिनालेको जम्मा पुरस्कार ४१ करोड ६७ लाख रहेको छ । जसमा पहिलो हुनेले १७ करोड ८५ लाख रूपैयाँ पाउने छन् । त्यस्तै दोस्रो हुनेले ७ करोड १४ लाख र तेस्रो हुनेले ३ करोड ५७ लाख रूपैयाँ पाउने छन् । पीएमजीसीको फाइनलमा सहभागी प्रत्येक टिमले ३५ लाख रूपैयाँ पनि पाउने छन् ।  

      पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनल ‘पब्जी मोबाइल इस्पोर्ट्स’को युट्युब च्यानलमा हेर्न सकिने छ । पीएमजीसीको लाईभ नेपालीसहित १७ भाषामा प्रत्यक्ष प्रसारण भइरहेको छ । 

        सम्बन्धित समाचारहरु