चैत १६,२०८० / १० : २३ पूर्वान्ह / 2024-03-29 10:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      अब हरेक वडामा वाईफाई

      - ३ वर्ष अगाडि
      असार २९,२०७७

      काठमाडौं, नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए ।

      वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महìवपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने।

      टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ ।

      इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ । टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो ।

      तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्तालाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । सर्वसाधारणमा व्यापक रूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ, उनले भन्नुभयो– धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ ।

      व्यक्तिगत प्रयोगकर्ताको हकमा मोबाइल ब्रोड ब्यान्डको पहुँच र गुणस्तरलाई पनि बढी जोड दिइने उनले स्पष्ट पार्नुभयो । टेलिकमले संस्थागत प्रयोगकर्र्तालाई उपलब्ध गराउन लागेको वाईफाई सुविधाका लागि प्रयोग हुने डिभाइस तुलनात्मक रूपमा महँगो हुनेछ । यद्यपि सकेसम्म सस्तोमै सेवा उपलब्ध गराउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

      उहाँका अनुसार अहिले उक्त डिभाइसमा टेलिफोन परीक्षणको काम भइरहेको छ । आठ सय ब्यान्डको फ्रिक्वेन्सी उपयोग हुने भएकाले टावरबाट लामो दूरीमा पनि यो सुविधा उपलब्ध गराउन सकिने उनले बताए । कम्पनीले आगामी आर्थिक वर्षभित्रै हरेक वडामा यो सुविधा पु¥याउने गरी योजना तयार गरेको जनाएको छ ।

      ‘१० एमबीपीएससम्मको स्पिड दिन्छौँ’

      अमृत नेपाल, इन्जिनियर, नेपाल टेलिकम

      हामीले गर्न खोजेको ल्यान्डलाइन फोन केन्द्रित वाईफाई सुविधा हो । उदाहरणका लागि वडा कार्यालय, शैक्षिक संस्था, सहकारीजस्ता गाउँगाउँमा छरिएर रहेका संस्थागत प्रयोगकर्तालाई फिक्स्ड फोनको पनि उत्तिकै महìव छ । हाम्रो तयारीअनुसार यसमा त्यस्तो नम्बर पनि उपलब्ध गराउन सकिन्छ ।

      पहिले हामीले सीडीएमएमा फिक्स्ड फोन भनेर मात्र दिन्थ्यौँ भने अब फोरजी÷एलटीई पनि भएकाले फिक्स्ड फोन र डेटा पनि दिन सक्छौँ । त्यसैले हामीले अहिले संस्थागत प्रयोगकर्तालाई बढी लक्षित गरेका हौँ । तयारी पनि त्यसैअनुसार भइरहेको छ ।

      डेटालाई नै हामीले वाईफाई बनाएर प्रयोगकर्तालाई उपलब्ध गराउँछौँ । यसको स्पिड फोरजीको बराबरकै हुनेछ । हामीले अहिले उच्च गुणस्तरको डिभाइसमा बढी केन्द्रित गरिरहेका छौँ, जसले एक सय एमबीपीएससम्मको स्पिड दिनसक्छ । आठ सय ब्यान्ड मात्र छ भने ७०÷८० एमबीपीएस जान सक्छ, १८ सय ब्यान्ड छ भने दुई सय एमबीपीएससम्म जान सक्छ तर हामी दुई सय एमबीपीएस नै दिने भन्ने हैन, त्यसो गर्दा मोबाइललाई असर गर्न सक्छ । त्यसैले हामीले ग्राहकलाई १० एमबीपीएस दिने गरी तयारी गरिरहेका छौँ ।  विश्वास रेग्मीले गोरखापत्र दैनिकमा खबर छ ।

        सम्बन्धित समाचारहरु