जेष्ठ १,२०८१ / १० : ०८ पूर्वान्ह / 2024-05-14 10:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      ओमानसँग नेपाल ५ रनले पराजित

      - एक हप्ता अगाडि
      कार्तिक १६,२०८०

      काठमाडौं, आईसीसी टि २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो । 

      बिहीबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्दा 

      ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

      नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन जोडे। कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२, कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

      ओमानले १४६ रनको लक्ष्य दिएको थियो। ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

      यस अगाडि नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २र२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले १र१ विकेट लिएका थिए।

        सम्बन्धित समाचारहरु