जेष्ठ १,२०८१ / ०३ : ४२ अपरान्ह / 2024-05-14 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सिंगो जीवन चिकित्सा क्षेत्रमा सर्मर्पित गरेका डाक्टर भोला रिजालको जीवन र भोगाई

      - २ हप्ता अगाडि
      माघ १३,२०८०

      सिंगो जिवन चिकित्सा क्षेत्रमा सर्मर्पित गरेका डाक्टर भोला रीजाल स्प्यान सर्जरी गरेर फर्किसकेपछि लौरोको साहाराको जरुरी पर्दा सम्म उनमा अझै त्यो साहस घटेको छैन अहिले पनि उत्तिकै जोश र जाँगरका साथ स्वास्थ्य क्षेत्रमा योगदान पु¥यारहेका छन् । उनको शरीरले यो सेवा बाट आराम मागे पनि बिरामिले थपिदिएको उर्जाले चिकित्सा क्षेत्रमा अझै केहि गर्ने हिम्मत जुटाइदिएको महसुस गर्छन् ।

      डाक्टर रिजाल ११ वर्षको छदा २०१४ सालमा इटहरीमा आगालागी पीडितलाई औषधि गरेर धेरैको मन जितेका थिए । त्यसबेला उनलाई छोटे डाक्टर भनेर बोलाउन थालेपछि उनमा डाक्डर बन्ने इच्छा जाग्यो । त्यतीमात्र होइन बिवाह पश्चात बच्चा जन्माउन नसक्दाको श्रीमतीको पिडाले उनलाई स्त्री रोग विशेषज्ञ बन्ने हुटहुटी भयो पछि श्रीमतिले डाक्टर बन्न सल्लाह र साथ दिएपछी अन्ततगोत्व छोटे डाक्टर रिजाल आफ्नो मेहनत र दृढ संकल्पले प्रसिद्ध स्त्री रोग विशेषज्ञ बनिछाडे । 

      उनको परिचय यतिमा मात्र सिमित छैन पत्रकार, गीतकार, सङ्गीतकार, गायक, चलचित्र निर्माता भोला रिजालका अगाडि वा पछाडि जोडिएर आउने सशक्त चिनारी हुन् । १५ वषको उमेरमानै भोला रिजालको विवाह १२ वर्षीया सरला घिमिरेसँग भयो सानै उमेरमा विवाह वन्धनमा बाधिए पनि रिजाललाई डाक्डर बनाउन श्रीमतीको ठुलो भूमिका रहेको छ । 

      डाक्टर रिजालले नेपालमा पहिलो पटक टेस्टट्युव बेबी  जन्माउने प्रबिधि भित्रयाएर मेडिकल क्षेत्रमा नयाँ आयम थपेका थिए । अहिलेसम्म उनले धेरैको जीवन बचाएका मात्र छैनन्, निःसन्तान हजारौ दम्पत्तीको काख भरिदिएर खुसी थपिदिएका छन् । त्यसैले उनलाई जिवीत सन्तानेश्वर महादेव समेत भनिन्छ । 

      ७६ बर्षको जीवनको अमुल्य समय चिकित्सा सेवा र साहित्य, संगितको यात्रालाई संगसंगै डोरयाउदै यो अवस्थासम्म आइपुग्दा रहर र पेशालाई एकसाथ सफलताको चुचुरोमा पु¥याउन डाक्टर भोला रिजालका भोगाइको फेहरिस्त लामै छन् । त्यहि जीवनको ७६ बसन्त पार गरीसकेका बहुआयमिक व्यक्तित्व डाक्टर भोला रिजालको जिवन र भोगाई आजको चिनारी सोमा प्रस्तुत गर्नेछौं । 

        सम्बन्धित समाचारहरु