जेष्ठ १,२०८१ / ०५ : ०८ अपरान्ह / 2024-05-14 05:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मदन नगर बिद्यालयमा स्काउट क्याम्प फायर कार्यक्रम सम्पन्न

      - २ हप्ता अगाडि
      पौष ७,२०८०

      विराटनगर, विराटनगरको मदन नगर आधारभुत बिद्यालयमा स्काउटको २ दिने क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बाट सुरु भएको दुई दिने क्याम्पमा मदन नगर आधारभुत बिद्यालयका कक्षा ६ देखि ८ सम्मका ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

      क्याम्पमा विद्यार्थीहरुलाई शुक्रबार दिनभरी विभिन्न सिपमुलक क्रियाकलाप गराइयो भने राति क्याम्प फायरको आयोजना गरिएको थियो । कार्यक्रमको दोश्रो दिन समापन गर्दै सहभागी बिद्यार्थीहरुलार्ई पुरस्कार र प्रमाणपत्र वितरण गरीएको थियो ।

      /pagegallery/2023122346.jpg

      सिपमूलक शिक्षालाई जोड दिदै आएको यस मदननगर बिद्यालयले बिद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि थप सहयोग पुग्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरीएको मदननगर बिद्यालयका प्रधानाध्यपक विश्वनाथ  न्यौपानेले बताए । उनले सहभागी बिद्यार्थीहरुको श्रमलाई सिपमा र सिपलाई रोजगारमा बदल्ने मात्रै होईन यस्ता कार्यक्रमले देशको सेवा गर्ने असल सेवक बन्ने क्षमता राख्न सक्ने बताए ।

      /pagegallery/2023122385.jpg

      नेपाल स्काउट अन्तर्गत स्काउट क्याम्पमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सहभागी बिद्यार्थीहरुलाई ६ ग्रुप बनाएर आँफै खाना पकाउने प्रतियोगिता गराइएको थियो । सामुदायिक बिद्यालयमा पनि यस्ता कार्यक्रम गराएर आँफुहरुलाई अवसर दिएकोमा बिद्यार्थीहरु उत्साहित भएका थिए ।

      /pagegallery/2023122324.jpg

      यस्तै राति आयोजना गरिएको क्याम्प फायर संगै बिद्यार्थीहरुलाई नृत्य प्रतियोगिता गराई मनोरञ्जनका विभिन्न क्रियाकलापहरु समेत गराईएको थियो । 

      /pagegallery/2023122395.jpg

      उद्घाटन सत्र कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ मोरङ्गका प्रमुख टंक प्रसाद गौतमले यस्ता कार्यक्रमको आयोजनाले बिद्यार्थीहरुको क्षमतालाई विकास गराउन अत्यन्त राम्रो भूमिका खेल्नेछ भन्दै बिद्यालय परिवारलाई धन्यवाद दिए ।

      कार्यक्रम उद्घाटनको अवसरमा विराटनगर वडा नम्बर ३ का वडा अध्यक्ष बासु बहादुर बस्नेतले सामुदायिक बिद्यालयमा स्काउट क्याम्पले अनुशासित र स्वावलम्बी नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने हुँदा यस्ता कार्यक्रम भइरहनुपर्ने बताए । उनले पछिल्लो समयमा यस स्कुलले राम्रो प्रगति गरेकोले अझै व्यवस्थित बनाउन वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

      /pagegallery/2023122388.jpg

      नेपाल स्काउट टिमले उक्त कार्यक्रमलाई सहज र सरल बनाई सफलतापुर्वक समाप्त गराई सहभागी बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गराएको थियो । स्काउट क्याम्प समापन कार्यक्रमा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव फणिन्द्र खत्रीको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अतिथीमा मदननगर बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर निरौला,विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भट्टराई, विराटनगर महानगरपालिका खेलकुद शाखा प्रमुख तारा शर्मा, बिद्यालयका शिक्षक शिक्षिका तथा विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिती रहेको थियो ।

      /pagegallery/202312232.jpg

      /pagegallery/202312235.jpg

        सम्बन्धित समाचारहरु