जेष्ठ १,२०८१ / ०२ : ५० पूर्वान्ह / 2024-05-14 02:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      सीमा पोख्रेलको ‘बादल बनी तिमी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

      - ३ हप्ता अगाडि
      फागुन ३,२०८०

      काठमाडौं, गायीका तथा संगीतकार सीमा पोख्रेलको स्वरमा रहेको बादल बनी तिमी उडीरहु बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत ‘सीमा पोख्रेल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

      गीतको शब्द बहुप्रतिभाकी धनी गायीका सीमा पोख्रेले नै लेखेकी हुन् भने गीतको संगीत पनि पोख्रेल आँफलेै गरेकी हुन् । माया प्रम झल्किने उक्त गीत शुसान्त सापकोटाको एरेन्जमा तयारी भएको छ ।

      /pagegallery/2024021547.jpg

      सानैदेखि राष्ट्र र समाजको लागी लामो समय नेपालमा सांगितीक यात्रामा जीवन व्यतित गरेकी सीमा अहिले अमेरीका बस्दै आएकी छिन् । केहि समय अघि नेपाल आएको अबसरमा उक्त गीत रेकर्डिङ्ग गरेकी थिइन् । कला संगीतसंगैे नर्सिङ्ग पेशालाई रोजेकी उनले विगत लामो समयदेखि अमेरीकामा नर्सिङ्गलाई पढाउदै आएकी छिन् ।

      /pagegallery/2024021523.jpg

       सामाजिक र राजनितीक परीबेशलाई बुभेकी सिमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहदै आएकी छिन् । अहिले अमेरीका बसेरै पन आँफुले चाहेका विभिन्न क्षेत्रमा योगदान गरीरहेकी छिन् भने उनले पुर्वाञ्चल बाल सेवा आश्रमलाई अतुलनिय योगदान पुयाउँदै आएकी छिन् । 

      /pagegallery/2024021542.jpg

      ६ बर्षको उमेरदेखिनै गितार बोकेर स्टेचमा गीत गाएकी पोख्रेल नेपालको पहिलो महिला गितारीष्ट हुन् । जहिले पनि सकरात्मक सोच राख्ने सीमा साहस र हिम्मत लिएर अघि बढ्दैे अहिले गीत लेख्ने देखि कम्पोज गर्ने गाउने सबै आँफै गर्छीन् ।

      स्वर सम्राट नारायण गोपाल संगै गीत गाइसकेकी सीमाले धेरै गीतहरु ऋाफ्नै शब्द तथा संगीतमा सार्वजनिक गरीसकेकी छिन् उनका सबै खालका गीतहरु ‘सीमा पोख्रेल’ युट्युब च्यानलमा हेर्न समेत सकिन्छ ।

        सम्बन्धित समाचारहरु