जेष्ठ १,२०८१ / १२ : १० अपरान्ह / 2024-05-14 12:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नतिजा बढाउन एसइईमा गणितमा पनि २५ नम्बरको प्रयोगात्मक परीक्षा हुने

      - २ हप्ता अगाडि
      श्रावण १२,२०८०

      काठमाडौं, माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई) को पास हुने संख्या बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।  

      सरकारी विद्यालयमा विषयगत शिक्षक र गणितको प्रयोगशालाको समेत अभाव भएको अवस्थामा गणितजस्तो विषयमा आन्तरिक मूल्यांकनको अंकले एसइईको नतिजामा माथिलो ग्रेडको संख्या वृद्धि गर्नेबाहेक विद्यार्थीको शिक्षण सिकाइ र क्षमता वृद्धि हुने देखिँदैन। 

       यसपटकको एसइई परीक्षामा २ लाख बढी विद्यार्थी १.६ जिपिएभन्दा कम समूहमा परेको भन्दै सरकारले गणितलाई थप व्यावहारिक बनाउन २५ नम्बर आन्तरिक मूल्यांकनको व्यवस्था गरेको हो । 

      माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा अगामी परीक्षा देखिनै गणितमा पनि २५ नम्बरको प्रयोगात्मक परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। चालु शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएसँगै अब विद्यालयले नै गणितमा पनि २५ नम्बरको आन्तरिक परीक्षा लिने व्यवस्था नयाँ पाठ्यक्रमले गरेको छ।  

        सम्बन्धित समाचारहरु