वैशाख २,२०८३ / ०९ : ०३ पूर्वान्ह / 2026-04-15 09:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      धादिङकी २६ वर्षीया सविताले जन्माइन् एकैपटक तीन छोरी

      - ५ वर्ष अगाडि
      जेष्ठ २०,२०७७

      काठमाडौं, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले एकैपटक तीन छोरी जन्माएकी छन् ।

      २६ वर्षीया महिला सविता तामाङले गत वैशाख २० गते राति १०ः५४ मिनेटमा पहिलो, १०ः५५ मा दोस्रो र १०ः५६ मा तेस्रो शिशु जन्माएकीे अस्पताल स्रोतले जनाएको छ ।

      अस्पतालका अनुसार जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम रहेको थियो । पहिलो र दोस्रोको तुलनामा तौल बढी भएको र स्वास्थ्यमा कुनै समस्या नभएपछि तेस्रो शिशुलाई सुरुदेखि नै सुपरीवेक्षण वार्डमा राखिएको थियो  उसलाई ७ दिनपछि आमासँगै नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८औँ दिनमा आमाको साथमा राखियो । तौल कम भएका र सास फेर्न अप्ठेरो भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको शिशुका फोक्सोलगायत अन्य अंग विकास भएको छ । उनिहरुको स्वास्थ्य सामान्य भएपछि २८औँ दिन सोमबार डिस्चार्ज गरिएको  अस्पतालले जनाएको छ ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d