वैशाख ८,२०८३ / ०२ : ५९ अपरान्ह / 2026-04-21 02:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्धारा गणतन्त्र दिवसमा नेपालीलाई यस्तो छ शुभकामना सन्देश

      - ५ वर्ष अगाडि
      जेष्ठ १५,२०७७

      काठमाडौँ, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन सबैमा शुभकामना व्यक्त गरेका छन् ।

      राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्दै भण्डारीले ‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस भन्दै शुभकामना सन्देश दिएकी छन् ।

      यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको भन्दै उनको ‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन प्रेरणाको विश्वास लिएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

      राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने र गणतन्त्र स्थापनमा अहुति दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन। उनले संक्रमित बिरामीहरुको स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन् ।

      यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको यनले बताए ।

      शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महत्वपूर्ण र अविस्मरणीय रहने र गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेकोे स्पष्ट पारेका छन् ।

      कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा नेपालीले जुधिरहेको चर्चा गर्दैै उनले कोरोनाको चुनौतीलाई परास्त गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

        सम्बन्धित समाचारहरु