काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने अहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताए ।








