वैशाख २३,२०८३ / ०३ : ५८ अपरान्ह / 2026-05-06 03:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोमबारसम्म बर्षा हुने

      - ६ वर्ष अगाडि
      जेष्ठ १८,२०७६

      काठमाडौं , मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागका अनुसार शनिबार, आइतबार र सोमबारसम्म मौसम सफा हुने छैन ।

      मौसमविभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

      शनिबार दिउँसो पूर्वी तथा मध्य भू-भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंसिक बदली रहनेछ । शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

      शनिबार राति पनि देशैभर बदली भई पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

      आइतबार दिउँसो र राति देशैभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  त्यस्तै सोमबार दिउँसो पनि मेघ गर्जनसहित वर्षाको सम्भावना छ । देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागका केही स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । सोमबार राति भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली मौसमविदको अनुमान छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d