वैशाख २३,२०८३ / ०३ : ५८ अपरान्ह / 2026-05-06 03:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज गणतन्त्र दिवस

      - ६ वर्ष अगाडि
      जेष्ठ १५,२०७६

      काठमाडौं - आज जेठ १५ अर्थात गणतन्त्र दिवस ।  मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ ।

      दोस्रो जनआन्दोलन २०६२/६३ पछी भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

      गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले गत वर्षबाट कटौती गरेको छ । 

      गणतन्त्र दिवसको अवसरमा बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । सरकारले अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ ।

      यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ ।

      गणतन्त्र दिवसका अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई राष्ट्रपतिले शितल निवासमा पदकसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d