वैशाख २३,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-05-06 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      टिप्परको ठक्कर , १ को मृत्‍यु १ घाइते

      - ६ वर्ष अगाडि
      जेष्ठ ९,२०७६

      काठमाण्डौ – तारकेश्वर नगरपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा ३ जना सवार थिए ।  

      तारकेश्वर नगरपलिका–११ जरंखु लामबगर नजिकै गएराति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्‍यु हुनेमा रसुवाका २७ वर्षीय आकाश तामाङ भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । घाइते भएका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको पनि वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d