भोजपुर - मंगलबार भोजपुरमा प्रहरिले गोली चलाऊदा घाइते भएका विप्लपका कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा मंगलबार दिउसो प्रह्रीले उनीमाथि गोली चलाएको थियो।
खुट्टामा गोली लागेको घिमिरेलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। विप्लपका कार्यकर्ता तथा नेताहरु खोज्ने क्रममा भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गाेली चलाउन खोजेपछि जवाफी फायरमा प्रहरिले गोली चलाऊदा उनी घाइते भएका थिए । फायरिङ्ग पछी प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।
दुई दर्जन भन्दा बढि रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ। गोली हानाहान भएपछि विप्लवकार्यकर्ता जंगलतर्फ भागेका थिए।








