वैशाख २३,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-05-06 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पछाडि बस्ने यात्रुलाई हेल्मेट अनिवार्य

      - ६ वर्ष अगाडि
      जेष्ठ ६,२०७६

      काठमाण्डौ - अब देखी मोटार्साइकलमा सवार हुने दुवैजनाले हेल्मेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । महाशाखामा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालक भन्दा धेरै पछाडि बस्ने यात्रुको मृत्‍यु भएकाले यस्तो नियम ल्याउनुपरेको बताए । उपत्यकाभित्र प्रत्येक महिना दुई सयभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यान्क ट्राफिक प्रहरी सँग छ । जसमध्ये मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल चालकको पछाडि बस्ने यात्रु रहेको पाइएको छ । यात्रुको सुरक्षाका लागि यो नियम ल्याउन लागिएको हो । 

      ट्राफिक प्रहरीको तथ्यांक हेर्दा सवारी दुर्घटनाका कारण पछिल्लो सात वर्षमा एक हजार एक सय ७७ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच सय ३३ को मृत्यु मोटरसाइकल तथा स्कुटर दुर्घटनामा भएको छ । प्रहरिका अनुसार उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक महिना बढ्दै गएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल चढ्नेछन् । त्यसमा पनि पछाडि बस्ने यात्रु धेरै छन् । 

      महाशाखाका अनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै छ । ऐन संशोधन भएलगत्तै मोटरसाइकलचालकको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू हुनेछ । एक महिनाभित्र नियम लागू भइसक्ने महाशाखाले जनाएको छ ।   । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d