काठमाडौं- झापाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस त्रिशुलिमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २५ भन्दा बढी घाइते भएका छन । मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको धादिङ प्रहरिले जनाएको छ ।
ना ७ ख ४३८७ नम्बरको रात्री बस घुम्तिमा मोड लिन नसक्दा आइतबार बिहान त्रिशुली नदिमा खसेको हो । तिब्र गतिमा रहेको उक्त बस धादिङको आदमघाटमा आएपछि त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ मा दुर्घटना भएको हो । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि ज्यान गुमाउने संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।








