सिन्धुली, सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
फिक्कलबाट सिन्धुली सदरमुकामका लागि छुटेको बा१५च ९४ २२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।
फिक्कल गाउँपालिका–२ चन्डिभञ्ज्याङमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेको सिन्धुली र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








