चितवन, गाउँघरमा प्राय व्यस्त आमाहरु शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्दछन् । यसरि शिशुलाई घरमा एक्लै छाडेर निस्कदा कमवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङ्को ५ महिने छोराको लिङ्ग कुकुरले खाईदिएको छ । कुकुरले लिङ्ग खाएपछि ५ महिने शिशुको भरतपुर स्थित पुरानो मेडिकल कलेजले सफल शल्लेक्रिया गरेको छ ।
शिशुलाई आगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङ्को परिवारलाई यति खेर ठुलै समस्या आईपरेको छ । बच्चालाई एक्लै छाड्दा उनको पाँच महिने छोराको लिङ्ग गुमेको छ । आगनमा सुताएर आमा पानी लिन गएको बेला घरमै पालेको कुकुरले शिशुको लिड्ड खाईदिएको हो ।
श्रीमान बजार र श्रीमती पानी लिन गएको बेला मंशिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाएको थियो । शिशुलाई अस्पताल ल्याईपु¥याउने समयमा पिसाब नलि समेत नदेखिएको उपचारमा संलंन डाक्टरहरुको भनाइ छ ।
लिड्डगमा धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्दछ । समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भएको उपचारमा संलग्न डाक्टररुको भनाइ छ । सानो बच्चाको रगत कम हुन्छ । रगत बगे पनि तुरुन्त उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको हो । भरतपुर अस्पतालले रिर्फर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको छ । मेडिकल कलेजका चार जना चिकित्सकको टोलिले पिसाव नलिको सफल शल्यक्रिया गरेका छन ।
अपरेसन पछि बच्चाको पिसाव नलिबाट पिसाब पनि भएको छ । तर पछि गएर प्रजनन् स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना हसन सक्छ । डाक्टरहले बनाएको पिसावको नलि साँघुरो भएर पिसाव फेर्न अप्ठेरो हुन सक्छ । यौन सम्पर्कको समयमा पनि त्यति सन्तृष्ट नहुन सक्ने डाक्टरको भनाई छ । बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ । तसर्थ, अभिभावकले आफ्ना बच्चालाई हेरचाहमा सावधानी नअपनाउने हो भने यस्ता दुर्घटनाहरु फेरी पनि दोहोरीन सक्छन् ।








