काठमाडौं– संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सिफारिस गरेको छ।
बिहीबार बिहान बसेको परिषद्को बैठकले शमशेरलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि शमशेर र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो।








