वैशाख २३,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-05-06 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      स्पानोयललाई चार शून्यले हराउदै बार्सिलोना लिगको पहिलो स्थानमा

      - ७ वर्ष अगाडि
      मंसिर २३,२०७५

      स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्यले पराजित गरेको छ ।

      बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा नै लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा मेस्सीको पासमा डिम्बेलेले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे । 

      ४५ औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्साले ६५ औं मिनेटमा चौथो गोल गर्‍याे । 

      यसपटक टिमका लागि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । जितपछि बार्सा १५ खेलबाट ३१ अंक बनाउदै लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको २८ अंक छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d